करेन्ट लागेर एकको मृत्यु



सिन्धुली, (नेस)।

सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर दुधौली नगरपालिका–१० पटियानीका कृष्ण कटुवालको मृत्यु भएको हो।

दुधौली नगरपालिका–१० पटियानी स्थित सार्वजनिक नर्सरीमा काडेतार लगाउने पिल्लर बनाउनका लागि फलामे रड सिधा बनाउने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको मेन लाइनमा रडले छुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्