ट्याक्टरले किचेर चालकको मृत्यु



संखुवासभा, (नेस)।

संखुवासभामाको खाँदबारी–नुम सडक खण्डको पाङमामा ट्याक्टरले किचेर चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ सुन्देलका ट्याक्टर चालक उचित राई रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार को१त ९१५३ नम्बरको ट्याक्टर जिल्लाको खाँदबारी ४ मा रहेको ढाँडेभिरबाट ढुङ्गाा बोकेर खाँदबारीतर्फ आउँदै गरेको र चक्कामा समस्या आएपछि चक्का फेर्ने क्रममा जग फुत्किएर ट्याक्टर पल्टिदा चालक राईलाई डालीले किचेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्