सुदूरपश्चिममा लगातार दुईपटक भूकम्प



बैतडी, (नेस)।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।
पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको र दोस्रो ५ दशमलव ३ रेक्टर स्केलको गएको हो।

पहिलो भूकम्पको केन्द्रबिन्दु बझाङ र दोस्रो भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको उहाँले बताउनुभयो। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ र अछामलगायतका जिल्लामा गरिएको हो। भूकम्पबाट कुनै पनि क्षति भएको छैन।

प्रतिक्रिया दिनुहोस्