औषधी व्यवसायीलाई कर शिक्षा



नेपाल समाचारपत्र, ललितपुर।

नेपाल औषधी व्यवसायी संघ ललितपुरले शनिबार करदाता शिक्षाको आयोजना गरेको छ। राज्यले कर बढाएको भन्दै सर्वत्र निन्दा भइरहको बेला संघले ललितपुर उद्योग वाणिज्य संघको सहयोगमा सो कार्यक्रम आयोजना गरेको हो।

सो कार्यक्रमे ललितपुर आन्तरिक राजस्व कार्यालय क्षेत्र नं २ का प्रमुख डिल्लाराम सापकोटाले व्यवसायीको सचेतना र कर प्रशासनलाई जवाफदेही बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो।सो अन्तत्र्रिmया भ्याटसम्बन्धी, २० लाख रुपियाँभन्दा तल र ५० लाख रुपियाँभन्दा बढी कारोबार गर्ने व्यवसायीको समस्याबारे केन्द्रित गरिएको थियो। ललितपुर आन्तरिक राजस्व कार्यालय क्षेत्र नं २ का कर अधिकृत हरेश्वर मिश्र, चार्टड एकाउन्टेन्ट सुमन डंगोलले कर र लेखा प्रणालीमा केन्द्रित गर्दै प्रस्तुती गर्नुभएको थियो।

संघको बाग्मती प्रदेशका कार्यवाहक अध्यक्ष धुब्रनारायण श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा शाखाका अध्यक्ष इन्द्रवीर महर्जनले कर तिर्ने व्यवसायीलाई राज्यले सम्माजनक तवरले हेर्र्नुपर्ने, कर प्रशासन करदातामैत्री हुनुपर्ने, कर तिरे बमोजिम व्यवसायीलाई सहुलियत दिनुपर्ने लगायत धारणमा केन्द्रित गदै आफ्नो भनाइ राख्नुभयो।

संघका केन्द्रीय सदस्य सम्र्राटमान जोशीले कर प्रशासनको विविध समस्या र त्यसले पारेको असर बारे बोल्नुभएको थियो।ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य राजस्व समितिका संयोजक रुपक महर्जनले व्यवसायीहरू सरकारलाई कर तिर्न उत्सुकता भए पनि झन्झटिलो परिपाटीले गाह्रो हुने धारणा राख्नुभयो। सहज र सरल प्रणाली लागू गर्न सकेमा साना व्यवसायीलाई करको मुलधारमा ल्याउन सहज हुने पनि उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्