नमुना झोलुङ्गेपुल निर्माणसम्बन्धी तालिम शुरू



नेपाल समाचारपत्र, म्याग्दी।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबारदेखि नमुना झोलुङ्गेपुलपुल निर्माणसम्बन्धी तालिम शुरु भएको छ। धवलागिरी तथा मालिका गाउँपालिकाको आयोजना, झोलुङ्गेपुल पुल सहयोग इकाई (टीबीएसयू) र प्रदेशस्तरीय प्राविधिक सेवा प्रदायक (पीटीएपी) पोखराको सहयोग तथा मिलन म्याग्दीको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले भौगोलिक विकटता र सडकको पहुँच नपुगेको ठाउँमा स्थानीयलाई आवतजावत गर्न झोलुङ्गेपुलपुलले सहयोग पुर्याउने बताए।

उनले मालिका र धौलागिरी गाउँपालिकामा धेरै झोलुङ्गेपुलपुलको आवश्यकता रहेको बताउँदै विगतमा निर्माण गरिएका पुलको मर्मतसम्भार तथा संरक्षण गर्न स्थानीयवासीलाई सुझाव दिएका छन्।

उनले विगतमा पनि जिल्ला समन्वय समिति र तत्कालीन जिविसमार्फत झोलुङ्गेपुल पुल निर्माणमा सहयोग पुर्याइएको हुँदा आगामी दिनमा समेत सहयोग गर्ने बताए।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले तालिममा सक्रियतापूर्वक भाग लिई ज्ञान, सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका छन्।

टीबीएसयू पोखराका प्रदेश प्रबन्धक दिनेशप्रसाद पाण्डेले म्याग्दी जिल्ला झोलु·े पुल निर्माण कार्यमा उदाहरणीय रूपमा अगाडि बढेको बताउँदै गाउँपालिकामार्फत पहिलोपटक नमुना झोलु·े पुल निर्माणसम्बन्धी विषयमा स्थानीयलाई तालिम आयोजना गरिएको बताए।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले दुर्गम तथा विकट वडामा स्थानीयवासीको सहजताका लागि झोलुङ्गेपुल निर्माण कार्यलाई प्राथमिकता दिइएको बताइन्।

आगामी एक हप्तासम्म चल्ने तालिममा मालिका र धवलागिरी गाउँपालिकाका गरी ३६ जना स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको छ। तालिमको पीटीएपी पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारी, मिलन म्याग्दीका प्राविधिकद्वय राजु लोहनी, यामबहादुर विश्वकर्मा र सामाजिक सुपरीवेक्षक छवि पूर्जाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।

तालिममा झोलुङ्गेपुल पुलसम्बन्धी विभिन्न विषयहरूमा सहजीकरण गरिने बताइएको छ।कार्यक्रम मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता र मिलन म्याग्दीका सामाजिक सुपरीवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो। चालु आर्थिक वर्षमा मालिका र धवलागिरीको विभिन्न स्थानमा पाँच/पाँच वटाझोलुङ्गेपुल पुल निर्माण गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस्