पन्ध्र महिनामा ८ सय २२ कार्यक्रम



शिक्षा पन्त, लमजुङ।

जिल्ला प्रहरी कार्यालय लमजुङले करिब १५ महिनाको अवधिमा समूदाय प्रहरी साझेदारीअन्तर्गत ८ सय २२ कार्यक्रम भएको जनाएको छ।
गतवर्ष कार्तिकबाट शुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक गतिविधि सञ्चालन गरिएको हो।

सामाजिक विकृती विसंगति हटाएर सभ्य समाज निमार्णका लागि प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लमजुङमा ८ सयभन्दा बढी गतिविधि सञ्चालन भएका थिए।

प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार २०७५ कात्तिक देखि २०७६ माघसम्म सञ्चालित कार्यक्रममध्ये सबैभन्दा धेरै लै·िक हिंसा, घरेलु हिसां र महिला हिसां सम्बन्धि गतिविधि सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष २०७५ र २०७६ को कात्तिकदेखि असार मसान्तसम्म ९ महिनाको अवधिमा १ सय ५२ र आर्थिक वर्ष २०७६ र २०७७ को करिब ७ महिनाको अवधिमा ६ सय ७० सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

त्यस्तै मानव बेचबिखन सम्बन्धी ७८, बालविवाह तथा बहुविवाह सम्बन्धी ६९, गाजाँफडाँनी ६५, घरेलु मदिरा सम्बन्धी ४५, सरसफाई सम्बन्धी ४१ र डेंगु रोग सम्बन्धी ३१ लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम १०२, वटा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको प्रहरी नायव उपरीक्षक गुरुङको भनाइ छ।

शान्ति सुरक्षाको व्यस्थापन र प्रहरीको नियमित उपस्थितिलाई प्राथमिकता दिँदै प्रहरीको राष्ट्रिय अभियानलाई सार्थक बनाउने प्रयासमा लमजुङ प्रहरी प्रतिबद्ध भई लागेको प्रहरी नायब उपरीक्षक गुरुङले बताउनुभयो। सरोकारवाला सबैैको सहयोगले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा आफूलाई सहज भएको उहाँको भनाइ छ।

वातावरणिय सुरक्षाका लागि वृक्षारोपणसँगै विपद् व्यवस्थापन सम्बन्धी गतिविधिसमेत सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्