जनप्रतिनिधीलाई तलवको सटृा सुविधा



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको सरकारले स्थानिय निकायका जनप्रतिनिधीलाई तलवको सटृा सेवा सुविधाको नाममा रकम उपलब्ध गराउने गरी विधेयक स्वीकृत गरेको छ । जनप्रतिनिधीले साविकमा खाई पाई आएको तलवमानमा नघट्ने गरी सुबिधा दिलाउने गरी विधेएक स्वीकृत गरेको छ ।

प्रदेश सरकारको विहिवार वसेको मन्त्री परिषदको बैठकले विधेएक स्वीकृत गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो । त्यसै गरी सरकारले प्रदेशका मुख्य मुन्त्रीका प्रेस सल्लाहकारको सेवा सुबिधा संशोधन गरेको छ ।

मुख्य मन्त्रीका प्रेस सल्लाहकारलाई अब उप सचिव सरहको सेवा सुबिधा दिने निर्णय गरेको छ । त्यसैगरी, सरकारले लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक तथा सुविधा सम्बन्धीे विधेएक स्वीकृत गरेको छ । त्यसैगरी, सुलभ कर्जा सहजीकरण तथा सेवा सुविधा व्याजमा अनुदान कार्यक्रम पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्