विप्लव नेकपाका दुई नेता पुनः पक्राउ



नेपाल समाचारपत्र, दाङ।

विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरूलाई प्रहरीले पुनः पक्राउ गरेको छ। विप्लव नेकपाका विशेष जिल्ला इन्चार्ज रोल्पा नपा–२ का दलबहादुर खत्री र रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट नपा–८ रुकुम पश्चिमका चन्द्रबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला अदालतको गेटबाटै पक्राउ गरेको हो।

संगठित रूपमा राज्यविरुद्धको कसुरमा जिल्ला अदालतद्धारा १५/१५ हजार धरौटीमा रिहा गरिएका खत्री र बुढालाई जिल्ला अदालतको गेटबाटै पक्राउ गरिएको हो।

पक्राउ गरिएका दुवै जनालाई बर्दिया पठाइएको बुझिएको छ। यसअघि खत्री र बुढा दुवैजनालाई ०७६ असोज ३० गते दाङको राजपुर गापा–४ स्थित जंगलबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्