मुक्तिनाथमा सुरक्षाकर्मी लगाएर हिउँ सफा



मुस्ताङ, (नेस)।

यसैबीच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मी लगायतले सरसफाई तथा हिउँ पन्छ्याउने काम गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा शैनिक उच्चशिखर शिक्षालयका शैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयबासी लगायतले मुक्तिनाथको पहिलोद्धार देखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छ्याइएको हो।

लगातार ३ पटक परेको हिमपातले मुत्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्धार सम्मको करिव २ किलोमिटर पैदल बाटोमा २ फिट हिउँ जमेपछि तिर्थालुलाई मन्दिर पुग्न कठिनाई परेको थियो।

रानीपौवा बजार देखि मुक्तिनाथ सम्मको दुरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई असहज हुँदै आएको थियो। बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चाबले स्वदेशी तिर्थालु भन्दा भारतीय तिर्थालुलाई बढी समस्या पर्दै आईरहेको थियो।

बाँक्लो हिउँमा पैदल यात्रा गर्दा तिर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो। हिउँले भरिएको पैदल मार्गमा स्थानीयले तिर्थालुलाई बोकर वा स्टेचरमा राखेर लाने र ल्याउने गरेका थिए।

सुरक्षाकर्मीले बाटोको हिउँ पन्छ्याएपछि तिर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्