एमसीसीको महत्व दीर्घकालीन : मन्त्री ज्ञवाली



गुल्मी, (नेस)।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दीर्घकालीन महत्व रहेको बताउनुभएको छ। प्रेस संगठन गुल्मीले मंगलबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसीसी अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र राष्ट्रबीचको सम्बन्ध नबिग्रने गरी एमसीसी अगाडि बढ्ने बताउनुभयो।

४९ देशमा यो लागू भएकाले एमसीसीका बारेमा अध्ययन गर्न उहाँले आग्रह गर्नुभयो। एमसीसीको विषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश फैलाएको मन्त्री ज्ञवालीको भनाइ छ।

मन्त्री ज्ञवालीले सरकारले भ्रष्टाचारविरुद्ध हमला शुरु गरेको बताए। उनले अख्तियारमै बसेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति भएकाले त्यसको अन्त्य गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्