निःशुल्क आँखा परीक्षण



बैतडी, (नेस)।

बैतडीको पाटन नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गर्ने कार्य शुरु गरेको छ।

नगरपालिकाभरिका २५ सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले जानकारी दिनुभयो।

एक वडाका कम्तीमा दुई विद्यालयका विद्यार्थीहरूको आँखा परीक्षण गरिनेछ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण गर्ने कार्य जारी रहेको हो।

नगरपालिकाको आर्थिक सहयोग र आँखा उपचार केन्द्र पाटनको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण कार्य शुरु गरिएको महराले जानकारी दिनुभयो।

निःशुल्क आँखा परीक्षण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको आँखा जाँच, विभिन्न रोगहरूको उपचारसमेत गरिने भएको छ।

पहिलो दिन पाटन नगरपालिका ९ स्थित सिद्देश्वर मावि हुक्केडाँडाका विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्