सेदी सराङकोट केबलकार वैशाखमा प्राविधिक परीक्षण गरिने



विजय नेपाली, पोखरा। 

नेपाली नयाँ वर्षमा अन्नपूर्ण केबलकार प्रालिले केबलकारको प्राविधिक परीक्षण गर्ने भएको छ। प्रालि विरुद्ध सर्वोच्चमा मद्दा परे संगै अन्योलमा परेको पामेसेदीदेखि सराङकोट केबलकारको वैशाखमा प्राविधिक परीक्षण गरिने भएको छ।

केही समय अघिसम्म अन्योलमा परेको केबलकारको सञ्चालनमा ल्याउनका लागि तयारी तीव्र गतिमा अघि बढेको छ। पीडित पक्षसंगको सहमति पछि केबलकार सञ्चालनका लागि बोटो खुलेको थियो।

पोखरामा निमार्णाधिन राष्ट्रिय गौरव योजनाअन्र्तगतको केबलकारको करिब ९० प्रतिशत काम पुरा भएको छ। केबलकारका लागि सम्पूर्ण सामान आइपुगेको छ, अब सबै जडान गर्ने काम मात्र बाँकी रहेको छ ।

भित्र तारको लठ्ठा हालिसकेर गण्डोला (बट्टा) जडान गरी प्राविधिक परीक्षण हुनेछ। त्यसलगत्तै चार महिना परीक्षण अवधि राखिनेछ र व्यवसायिक रुपमा सञ्चालनमा आउनेछ’ निर्माण कम्पनीका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताउनुभयो । सेवाग्राहीका लागि भनेर नै परीक्षण अवधि राखिएको हो।

सर्वसाधारणका लागि कतिको जोखिमपूर्ण छ, छैन, सञ्चालन गर्न योग्य छौँ छैन भन्ने बारेमा परीक्षण गर्न लागिएको हो, हामीले २४ घण्टा नै काम गरेर नयाँ वर्षमा कम्सेकम खुट्टा झुण्डाएर गोण्डला राखि परीक्षणमा ल्याउने तयारी गरिरहेका छौ’ त्रिपाठीले भन्नुभयो– ‘४–५ महिना चाहिँ हाम्रो परीक्षणकाल भनेर हुनेछ, जापानी प्राविधिकले त्यो परीक्षण गरेर पक्का किसिमले चाहिँ अब टिकट बेच्न सक्छांै भनेर कुन दिन भन्छन् अनि व्यवसायिक रुपमा जान्छांै, अहिले त हामीले दिन छोप्न मात्र खोजेका छौ’ त्रिपाठीले बताउनुभयो।

माथिल्लो स्टेसन र तल्लो स्टेसनसहित ९० प्रतिशत काम सम्पन्न भएको हो। ३४ वटा बट्टा ( गोण्डला) क्षमता भएको केबलकारका लागि तत्काल ५० प्रतिशत मात्र बट्टा राखिने छ। प्राविधिक परीक्षणमा १८ वटा मात्र बट्टा राखिने छ जसमा एउटा सामान बोक्नका लागि प्रयोग गरिनेछ भने अन्य १७ वटाले यात्रु बोक्नेछ।

‘हामीले शुरुआतमा १८ वटा मात्र गोन्डला राख्नेछौं पछि यात्रुको चाप बढ्यो भने थप गोन्डला राख्नेछोैं।’ –त्रिपाठीले भन्नुभयो। सम्पूर्ण सामान साइडमा आइपुगेको छ अब जडान गर्ने कामहरू मात्र बाँकी हो।

‘अबको तीन हप्ताभित्र जापानबाट प्राविधिक टोलीसमेत आउने छ’ –त्रिपाठीले भन्नुभयो। अन्नपूर्ण केबलकार प्रालिका लागि सबै सामान जापानबाट ल्याइएको हो। जापानबाट ३ जनाको प्राविधिक टोली आउनेछन्। जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरी केबलकार वैशाखभित्र सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्