कोसी टप्पु महोत्सवमा हात्ती चढेर पुगे मुख्यमन्त्री शेरधन राई



सरोज यादव, विराटनगर । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोशी टप्पु प्रथम महोत्सव’ को उद्घाटन गर्नु भएको छ ।

चराको स्वर्ग भूमि र अर्नाको राजधानी भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा आइतबारदेखि शुरु भएको महोत्सव ११ दिन सम्म चल्ने छ । चरा र अर्नाप्रति मोहित हुने आन्तरिक तथा बाह्य एक लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ कोशी गाउँपालिकाले महोत्सव आयोजना गरेको हो । हात्ती चढेर आउनु भएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सव उद्घाटन गर्नुभयो । महेन्द्र राजमार्गस्थित जमुवाबाट हात्ती चढेर जानुभएका मुख्यमन्त्री राईले चराको राजधानीको रुपमा चिनिने कोशीटप्पुमा पर्यटन महोत्सव उद्घाटन गर्नुभएको हो । संघीय र प्रदेश सरकारको उदेश्य अनुरुप पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय आसपास भ्रमण बर्षलाई सहयोगको लागी आयोजना गरिएको हो ।

कोशी गाउँपालिकाको आयोजनामा शुरु भएको महोत्सव २९ गतेसम्म महोत्सव आयोजना हुनेछ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर कोशी गाउपालिकाले महोत्सब गराएको हो । महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारी सम्मको यात्रा गराउने व्यवस्था छ । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईंले प्रदेश सरकारले पर्यटकीय स्थलहरुको पहिचान गर्दै श्रोत साधन, पूर्वाधार निर्माण गर्न तथा प्रचारप्रसार गर्न लागिपरेको बेला कोशी टप्पुमा लागेको महोत्सवले अरु स्थानमा पनि सकारात्मक सन्देश जाने बताउनु भयो । कार्यक्रममा प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुशियैतले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै नेपाल भ्रमण वर्ष सफल पार्न सबै साथ र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटक बढाउन, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन महोत्सव आयोजना गरिएको कोशी गाउँपालिका प्रमुख अयूव अनसारीले बताउनु भयो । महोत्सवमा विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरुको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर, स्थानीय हस्तकला र कृषि उत्पादनहरुको ३० वटा स्टल राखिएको छ । कोशी टप्पु आरक्ष २०३२ साला स्थापना भएको हो ।

तर, यहाँ पर्यटक यकिन गरेर सरकारी स्तरको कार्यक्रम भने पहिलोपटक गरिएको हो । नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन् । जसमध्ये लगभग २ सय प्रजाति सिमसारमा निर्भर छन् । हाँसका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन् । कोशी टप्पुमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइने गरेका छन् । यहाँ विश्वमै संकटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् । कोशी टप्पुमा अर्नाको संख्या भने अहिले ४१९ वटा छन् । १३ वटा अर्ना अघिल्लो बर्ष चितवान राष्ट्रिय निकुञ्ज सारिएको थियो । सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्ग्किलोमिटर क्षेत्रमा फैलिएको छ । यो क्षेत्रमा छाडा चौपाया छाड्ने अर्नाको आहारा संकटमा पदैं आएको छ । अर्नाको सरदर आयु २५ बर्षको हुन्छ र पोथीले जीवनकालमा पाँचवटा बच्चासम्म जन्म दिन्छ । भाले अर्ना १८ महिनामा र पोथी अर्ना २ देखि ३ बर्षको उमेरमा प्रजननयोग्य हुन्छ । गर्भधारण अवधि १० देखि ११ महिना रहन्छ । एक्लो भाले र बच्चासँग पोथी आक्रमक स्वाभावको हुन्छ ।

महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारी सम्मको यात्रा गराउने व्यवस्था छ । आन्तरिक, ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरि एक लाख पर्यटकहरु भित्र्याउने आयोजकको उद्धेश्य छ ।

प्रतिक्रिया दिनुहोस्