६ वर्षीया बालिका अपहरण गर्ने पक्राउ



भक्तपुर, (नेस)।

६ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–५ घर भइ भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बस्ने आशिष थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। साथै अपहरणमा परेकी ती बालिकाको सुर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाबाट प्रहरीले सकुशल उद्दार गरेको छ।

आइतबार दिउँसो भक्तपुर निकोसेरास्थित विद्यालयमा यूकेजीमा अध्ययनरत ती बालिकालाई विद्यालयको प्रशासनलाई झुक्याई अपहरण गरी बालिकाको बाबुलाई फोन गरी १६ लाख रुपियाँ नदिए ज्यान मार्ने सम्मको धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले सोही विद्यालयका पूर्व विद्यार्थीको सहयोगमा ती बालिकाको उद्दार गरी थापालाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो।

आशिष थापा अपहरित बालिकाको आफन्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्