करेन्ट लागेर मृत्यु



वीरगन्ज, (नेस)।

वीरगन्ज पथलैया व्यापारिक मार्गअन्तर्गत बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।भारत बिहारको छपरा घर भई हाल सिमरा बस्दै आएका अमर यादवको बुधबार राति उद्योगभित्रै काम गर्ने सिलसिलामा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।

‘के कारण मृत्यु भएको हो प्रमाणित भएको छैन। तर, प्रारम्भिक अनुसन्धानले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरेका छौं।’ –डीएसपी पुरीले भन्नुभयो। उद्योगको वर्कसपमा काम गर्दै आएका रायको शव विद्युत्गृहनजिकै फेला परेको उहाँले बताउनुभयो।

‘अर्को सिफ्टमा काम गर्न जाने मजदुरले शव देखेपछि राति करिब १० बजे हामीलाई खबर गरेका थिए।’ –पुरीले भन्नुभयो।मृतका यादवको शरीरको बाहिरी भागमा चोटपटकको कुनै निसाना नदेखिएको इलाका प्रहरीका सिमराले जनाएको छ।

मृतकको राति नै शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ। जगदम्बा स्टिल प्रालिले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति गरेको छ।

प्रतिक्रिया दिनुहोस्