प्रभु बैंकको लाङटाङमा शाखा



काठमाडौं, (नेस)।

प्रभु बैंकले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–४ स्थित लाङटाङ–केन्जिङमा आप्mनो २०६औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित केन्जिङ गुम्बाका प्रमुख लामा साङगे लामाले उद्घाटन गर्नु भएको हो।

शाखा उद्घाटन गर्दै लामाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आंगनसम्म सरल र सहज रूपमा आधुनिक बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्