समाचारपत्रकर्मी मास्के सम्मानित



नेपाल समाचारपत्र, दोलखा।

सामाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले वैवाहिक वर्षगाँठको अवसरमा विगुल फाउन्डेसनको स्थापनासँगै कला, शिक्षा र पत्रकारिता क्षेत्रका चार जनालाई सम्मान गरेको छ।

विगुल फाउन्डेसनबाट सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार एवं जेष्ठनागरिक संघका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठ, शिक्षाविद् प्राडा. सुधा त्रिपाठी, पत्रकार चिरञ्जीवी मास्के र गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त केसी रहेका छन्।

त्यसैरी विगुल फाउन्डेसनका संरक्षक लक्ष्मण गुभाजुको स्वर्गीय बहिनी होमकुमारी गुभाजुको नाममा गौरीशङ्कर बहुमुखी क्याम्पसमा १ लाख ११ हजार १ सय ११ रुपियाँको शैक्षिक अक्ष्यकोषको स्थापनासमेत गरिएको छ।

सो अवसरमा सम्मानपत्र प्रदान गर्नुहुँदै बागमती प्रदेश सदस्य विशाल खड्काले समाजको विकास र परिर्वतनका लागि सामाजिक अभियन्ताहरूको सकारात्मक अभियान महत्वपूर्ण हुने बताउनुभयो। उहाँले हरेक नागरिकले यस्ता विभिन्न अवसरहरूमा सामाजिक विकास र उत्थानका लागि सहयोग पुग्ने काम गर्नुपर्ने बताउनुभयो।

विगुल फाउन्डेसनका अध्यक्ष विपना श्रेष्ठ गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाल कम्युनिस्ट पार्टी नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामा, वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य बद्री चौलागार्इं, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, प्राध्यापक डाक्टर सुधा त्रिपाठी, गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसी र विगुल फाउन्डेसनका संरक्षक लक्ष्मण गुभाजुले मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्