धनुषा, (नेस)।
गणेशमान चारनाथ नगरपालिका–६ स्थित सडकमा स.१ च.१८५८ नम्बरको पिकअप गाडीले बुधबार बिहान बा.६४ प ३०४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका ४ बस्ने जोगेन्द्७ साह र उनकी श्रीमती प्रमिला साह रहेका छन्।
दुर्घटनामा घाइते भएका उनका छोरा जोनकुमार साहलाई उपचारको लागि समर अस्पताल गोदारमा पठाइएको छ।
प्रतिक्रिया