शहीद दिवसमा सार्वजनिक बिदा



बैतडी, (नेस)।

शहीद दिवसको उपलक्ष्यमा बैतडीको दशरथचन्द नगरपालिकाले एक दिन सार्वजनिक बिदा निर्णय गरेको छ।

नगरपालिकाले माघ १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत भोजबहादुर ऐडीले जानकारी दिनुभयो ।

नगरपालिकाले सूचना प्रकाशित गर्दै १६ गते नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा हुने जनाएको हो।

शहीद दशरथचन्द बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिनुभएको हो। शहीद चन्दकै नामबाट नगरको नामाकरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्