मध्यनेपालमा एकीकृत घुम्ती शिविर



शिक्षा पन्त, लमजुङ।

लजुङको मध्यनेपाल नगरपालिका ६ इशाईनेश्वर क्याम्पसमा एकीकृत घुम्ति सेवा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायत पूर्वाधारको विकासमा ३ तहका सरकारबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।

स्थानीयले स्वास्थ्य, शिक्षा, सडकलगायतको बारेमा गुनासो राखेका थिए।गुनासोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जिल्लामा घुुस लिने तथा दिनेलाई कारबाही गरेर घुसमुक्त बनाउने बताउनुभयो।

त्यस्तै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले स्वागत मन्तव्य राख्दै नागरिकको आवश्यकता अनुसार काम गर्ने बताउनुभयो।घुम्ती शिविरमा १० वटा सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा प्रदान गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार जिल्ला प्रशासन कार्यलयतर्फबाट १५ जनाले साधारण सिफारिस लिएका छन्। कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट १ जनाले मदिरा विक्री सम्बन्धी इजाजतपत्र लिएका छन्।

डिभिजन वन कार्यालयबाट १७ जनाले वन तथा वातावरण सम्बन्धी परामर्श सेवा लिएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट सञ्चालित पशु स्वास्थ्य शिविरमा १ सय ६३ जनाले परामर्श लिएका छन्।

७ वटा कुकुरलाई रेविजविरुद्धको खोप लागाईएको छ। कृषि ज्ञान केन्द्रबाट गरिएको बाली उपचार शिविरमा ७० जनाले परामर्श लिएका छन्।घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट २७ जनाले बाणिज्य दर्ता तथा नबिकरण सेवा लिएका छन्।

स्वास्थ्य कार्यालयबाट १ सय १८ जनाले स् वास्थ्य जाँच गराएको सहायक प्रजिअ शाहीले बताउनुभयो।जिल्ला आयुर्वाेद स्वास्थ्य केन्द्रबाट ७८ जनाले स्वास्थ्य सेवा तथा परामर्श लिएका छन्।

नेपाल टेलिकमले २ सय ६५ जना नागरिकलाई निःशुल्क फोर जि सिम वितरण गरेको छ। यस्तै, लमजुङ उद्योग बाणिज्य संघबाट १६ जनाले ई–प्यान सेवा र मदिरा विक्री वितरण सम्बन्धी इजाजत पत्रको सिफारिस लिएका छन्।

प्रतिक्रिया दिनुहोस्