मेडिकल कलेज सञ्चालकको घरमा बम



वीरगन्ज, (नेस)।

वीरगन्जको नेसनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दिन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो।

शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको चण्डीप्रसाद गणबाट गएको टोलीले सो बमलाई निष्क्रिय पारेको हो।

कुकरमा डेटोनेटरसहित बम जडान गरी राखिएको पाइएको सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ।बम राखिएको घटनाबारे थप अनुसन्धान थालिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।

नगरमा आम सर्वसाधारणलाई आतङ्कित पार्ने उद्देश्यले कसैले बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। देशका अन्य भूभागमा बम र विस्फोटक वस्तुहरू भेटिए पनि वीरगञ्जमा केही वर्षयता यस्तो गतिविधि भएको थिएन। बसरुद्दिन अन्सारी वीरगन्ज नेसनल मेडिकल कलेजका सञ्चालक हुन्।

प्रतिक्रिया दिनुहोस्