बलात्कार आरोपमा गाउँपालिका सचिव पक्राउ



बारा, (नेस)।

जिल्ला प्रहरी कार्यालय बाराले एक अधबंैसे महिलालाई बलात्कारको आरोपमा गाउँपालिकाका सचिवलाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा जिल्लाको देवाताल गाउँपालिका–६ रौवाही टोल घर भई हाल देवाताल गाउँपालिकाको सचिवपदमा कार्यरत बलिराम मण्डल छन्।

मण्डललाई स्थानीय एक महिलालाई आफ्नो गोठनजिकै रहेको उखुबारीमा ज्यान मार्ने धाकधम्की देखाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिएको प्रहरी टोलीले मण्डललाई खोतजतलास गर्ने क्रममा गाउँघरमै लुकिछुपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

मण्डललाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट बुधबार पाँच दिन म्याद अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्