भगवान् शिवका तीन ज्योतिर्लिङ्ग बैतडीमा



नेपाल समाचारपत्र, बैतडी।

भगवान शिवका बाह्र ज्योतिलिङ्ग मध्ये तीन वटा बैतडीमा रहेका छन्। नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार पूराणहरूमा वर्णित गरिएका ज्योतिर्लि·मध्ये ३ वटा बैतडीमै रहेका छन्।

मानसखण्ड पुराणमा उल्लेख भए पाटन नगरपालिका ६ को चौखुडामा रामेश्वरम, पाटन ३ को वनारसी धाममा विश्वनाथ ज्योतिरलिङ्ग र सुर्नया ५ मा रहेको रौलाकेदार धाममा केदारनाथ ज्योतिलिङ्ग हेका उहाँले बताउनुभयो।

पाटनमा रामेश्वरम् ज्योतिलिङ्ग स्थापना गर्दै जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सुदूरपश्चिम देवभूमि रहेको बताउनुभयो।

पातालभुवनेश्वर धामबाट बग्ने रामगंगा नदी (बगडी) र सरयु नदी (सुर्नया)को संगमस्थलमा पाटन ६ चौखुडामा रामेश्वरम् ज्योतिर्स्थालिङ्ग पना गरिएको रामेश्वरम् ज्योतिर्लिङ्ग मन्दिर व्यवस्थापन समितिका संयोजक कमल बोहराले बताउनुभयो।

पौराणिक सरयु (सुर्नया) नदीको किनार पाटन नगरपालिका ३ स्थित बनारसी धाममा विश्वनाथ ज्योतिर्लि· रहेको जगद्गुरुले दाबी गर्नुभयो। पुराणहरूमा भने झै द्वादशज्योतिर्लि·मध्ये बैतडीमा ३ वटा छन्।

सुर्नया ५ मा रहेको रौलाकेदार मन्दिर पनि केदारनाथ ज्योतिर्लि· छ। उहाँले भन्नुभयो– ‘रौलाकेदारको महिमा बद्रीकेदारको जत्तिकै रहेको छ।’ यी धामहरूमा दर्शन गरेमा मनोकामना पूर्ण हुने कुरा पुराणमा उल्लेख गरिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्