उद्योगको बिकास बिना आर्थिक सवृद्धि असंभव : मन्त्री भट्ट


बुद्ध नेपाली, सिन्धुली(मरिण)।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटले कृषि र उद्योगको बिकास बिना आर्थिक सबृद्धिको सपना साकार गर्न नसकिने बताउनुभएको छ।

मंगलवार देखि सिन्धुलीको मरिण गाउँपालिकामा सुरु भएको मरिण महोत्सबको उदघाटन गर्दै मन्त्री भट्टले भन्नुभयो– ‘हामीले सुखि नेपाली र सबृद्ध नेपालको सपना अगाडि बढाएका छौं।

त्यसका लागी प्रमुख आधार भनेकै कृषिमा आधुनिकीकरण र कृषिमा आधारित उद्योगहरूको बिकास हो।,
उहाँले सरकार कृषिमा आधारित उद्योगहरूको बिकास गर्न लागीरहेको बताउँदै यस बर्षमात्र देशभरका ७० स्थानमा ग्राम उद्योगको स्थापना हुने बताउनुभयो।

देशभरका ७५३ वटै स्थानीय तहमा ग्राम उद्योगको स्थापना गरिने र देशका प्रमुख केन्द्रहरूमा ठुला ठुला उद्योगहरूको स्थापना गरि आयात होइन निर्यातको अवस्था सिर्जना गर्ने लक्ष्यमा सरकार रहेको बताउनुभयो।

मरिण गाउँपालिकामा उद्योगको स्थापना गर्न आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री भट्टले ब्यक्त गर्नुभयो।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै पुर्व कृषि मन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले मरिण क्षेत्रको बिकास तिब्र गतिमा भईहरको बताउँदै उक्त बिकासको उपयोग गरि जनतालाई सबृद्धि तर्फ लैजानु पर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “मरिण क्षेत्रको बिकासले अब फड्को मारिसकेको छ, अब मरिणका जनताको अध्यारो दिन सकियो, उज्यालो दिन आएको छ।”

नेपाल भ्रमण बर्ष २०२० हाम्रो अभियान, सबृद्ध मरिण हाम्रो पहिचान भन्ने मुल नाराका साथ कृषि, ब्यापार र पर्यटन प्रबद्र्धनका लागी उद्योग बाणिज्य संघ मरिण उपशाखाको मुल आयोजना तथा मरिण गाउँपालिकाको सहयोगमा सुरु गरिएको महोत्सव पौष १८ गते सम्म चल्ने जनाइएको छ।

महोत्सवमा स्थानीय कृषिजन्य सामाग्री, घरेलु तथा साना उद्योगमा उत्पादित बस्तुहरू लगाएतको स्टलहरू राखिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।