वैशाखभित्र प्रदेश १ धूमपानमुक्त प्रदेश बनाइने



विराटनगर, (नेस)।

विराटनगरमा स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तर्गत धूमपान तथा सुर्तीजन्य पदार्थ नियमनसम्बन्धी बृहत् सचेतनामूलक र्याली निकालिएको छ।

 सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा सोमबार बृहत र्याली निकालिएको हो। र्यालीमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला समन्वय समिति मोरङका  प्रमुख तथा स्वस्थ जीवन प्रवद्र्धन अभियान मोरङका संयोजक नरेश पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायत विद्यार्थी, सम्बन्धित क्षेत्रका प्रतिनिधि, विभिन्न पेशाकर्मी तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

 र्यालीमा सहभागीहरूले धुमपानको एक खिल्ली क्यान्सरले बनाउँछ विचल्ली, रोगपछिको उपचार होइन आरोग्यको खोजी, धूमपान त्यागौँ जीवन बचाऔँ लगायत धूमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धका नारा लेखिएका सचेतनात्मक पर्चा तथा सांकेतिक चिन्हहरू बोकेका थिए।
वीरेन्द्र सभागृहबाट सुरु भएको र्याली विराटनगरको विभिन्न भाग परिक्रमा गरी महेन्द्र चोकमा पुगी सभामा परिणत गरिएको थियो।

 कार्यक्रममा विद्यार्थीहरूले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न अग्रजहरूबाट सिक्दै जाने चलन रहेको तर नियन्त्रण र नियमनमा कसैको ध्यान जान नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्