प्रधानमन्त्री ओलीले उद्घाटन गरेको मेची पुल जोड्ने सडक बनेन



उत्तम नेपाल, भद्रपुर।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन कार्यक्रममा चाँडै पुल जोड्ने दुवैतर्फको रोड बन्ने आश्वासन दिएको ११ महिना पूरा भयो।
गत २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गर्नुभएको थियो। शिलान्यास भएको एक दशकमा पुल सम्पन्न भएको थियो।

जनतामा निरासासँगै उत्साह पनि जाग्यो तर, सोचेजस्तो भएन जनता फेरि निरासमा नै पुगे कारण पुल जोडने एप्रोच रोड (कालोपत्रे सडक) अझै निर्माण हुन सकेको छैन। नेपाल–भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी–व्यवसायीलगायत सर्वसाधारण चिन्तित बनेका छन्।

कालोपत्रे सडक निर्माण कार्यलाई चाँडो सम्पन्न गराउन स्थानीय सरकार, राजनीतिक दल, उद्योगी व्यवसायी, नेपाल–भारत मैत्री सङ्घले दुवै देशका सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउँदै आए पनि समस्या जस्ताको त्यस्तै छ।यता नेपालतर्फ मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापा चोकसम्मको कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले टेन्डर लगाएको झन्डै डेढ वर्ष बित्न लागे पनि काम अघि बढेको छैन।

२०७५ असार २८ गते निर्देशानालयले १हजार २ सय ९० मिटर सडक निर्माणका लागि करिब साढे ५ करोडमा याक्थुम्हाङ निर्माण सेवा पाँचथरसँग सम्झौता गरे पनि हालसम्म निर्माण शुरू हुन सकेको छैन।केही दिनअघि नेपालतर्फबाट गएको टोलीले भारतका मुख्यमन्त्री नितिश कुमारलाइ बुझाएको ज्ञापनपत्रमा मेची पुल जोडने एप्रोच रोड, गलगलिया भन्सारको स्तरवृद्धि र गलगलिया रेल्वे स्टेसनको स्तरवृद्धिसम्बन्धमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको थियो।

सांसद, राजनीतिक दल र उद्योगी व्यवसायीको पटक पटकको दबावपश्चात् बल्ल पुल जोडने एप्रोच रोडको ठेक्का आ≈वँन भइसकेको मुख्यमन्त्री नितिश कुमारलाई ज्ञापनपत्र बुझाउन गएको नेपाली प्रतिनिधि मण्डललाई त्यस क्षेत्रका सांसद (विधायक) नौशाद आलमले जानकारी दिनुभयो।

सडक विस्तारको नाममा स्थानीयलाई उठिबास लगाउँदै विस्थापित गर्न खोजिएको भन्दै स्थानीयले संघर्ष समितिसमेत गठन गरी आफ्नो अडान लिँदा काम प्रभावित बनेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताउनुभयो। मुआब्जा विवादले सडकको काम प्रभावित बनेकोले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने उहाँको भनाइ थियो ।

मुआब्जा विवादले सडकको निर्माण कार्यमा ढिलासुस्ती भएको हुलाकी राजमार्ग क्षेत्रीय कार्यालय इटहरीका सबइन्जिनियर सुरेन्द्र यादवले जानकारी दिनुभयो।नेसनल हाइवे ३ सय २७ एनएचसँग मेची पुलसम्म जोडने ४ दशमलव ६ किलोमिटर एप्रोच रोडका लागि १७ करोड भारतीय रुपियाँमा सडकको ठेक्का आह्वान भइसकेको जनाइएको छ। जनवरी २९ तारिखमा टेन्डर खोली त्यसको एक महिनाभित्र रोडको काम शुरू हुने आलमको भनाइ छ।

यता नेपालतर्फ मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापा चोकसम्मको कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले टेन्डर लगाएको झन्डै डेढ वर्ष बित्न लागे पनि काम अघि बढेको छैन।

प्रतिक्रिया दिनुहोस्