जबरजस्ती करणीको आरोपमा एक पक्राउ



दार्चुला, (नेस)।

दार्चुलाको नौगाड गाउँपालिका ३ ऐराडाकी १३ वर्षीय बालिका नाम परिवर्तन अस्मिता ठगुन्नालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा सोही गाउँपालिका ५ का १४ वर्षीय नाम परिवर्तन आषिश धामीलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार स्थानीय जंगलमा बाख्रा चराउन गएकी अस्मितालाई आषिशले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। जंगलमा बाख्रा चराउन गएकी अस्मिताले आषिशले आफूलाई जबरजस्ती करणी गरेको बताएपछि घटना बारे थाहा भएको हो।

अस्मिताका आफन्तले प्रहरी चौकी नौगाडमा दिएको निवेदनका आधारमा आषिशलाई आवश्यक कारबाहीका लागी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो।

‘दुवै जना नावालक छन्, नाम खुलाउन मिल्दैन, जबरजस्ती करणी गरेको प्रमाणित भए नाम परिवर्तन आषिशलाई सुधार गृहमा पठाउँछौं’, उहाँले भन्नुभयो– नाम परिवर्तन आषिश धामीलाई आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याएइएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्