६ महिनामा ७ अर्ब राजश्व संकलन



सरस्वती न्यौपाने, रसुवा।

चालु आर्थिक वर्षको ६ महिनामा रसुवा भन्सार कार्यालयले ७ अर्ब ३३ करोड राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षको शुरुको ६ महिनामा रु ५ अर्ब ६२ करोड राजश्व संकलन गरेको थियो भने चालु आर्थिक वर्षमा उक्त राजश्व उठेको हो।

राजश्व चुहावट रोक्ने कार्यमा सशस्त्र प्रहरी बल २१ नम्बर गुल्मले राम्रो काम गरेको र छिटोछरितो सामान परीक्षण गर्न ३० जाँचकी परिचालन गरी सामग्रीको मूल्याङ्कनबाट उक्त राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो।

उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना, तयारी पोसाक, जिम्बुजस्ता विविध सामग्री आयात हुने अधिकृत खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्