क्षमादेवी माध्यमिक विद्यालय ६९औं वर्षमा प्रवेश



नेपाल समाचारपत्र, सिन्धुपाल्चोक।

क्षमादेवी माध्यमिक विद्यालयले स्थापनाको ६९आंै वार्षिकोत्सव सम्पन्न भएको छ। सोही अवसरमा अभिभावक भेला गरी कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको हो।

बाह्रबिसे नगरपालिका–३ ठूलो पँलातीस्थित विद्यालयको वार्षिकोत्सव कार्यक्रम को उद्घाटन प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सासंद तथा पूर्वसूचना तथा सञ्चार मन्त्री अग्नि सापकोटाले गर्नुभएको थियो।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री अरुण नेपाल, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालगायतको सहभागीता रहेको थियो।

नेकपा जिल्ला सदस्यसमेत रहेका प्रदीप पौडेलले विद्यालयका दुई विद्यार्थीलाई जनही १० हजारका दरले छात्रावृत्ति उपलब्ध गराउनुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज बस्नेत, स्थानीय युवा समाजसेवी डीबी लामालगायतले विद्यार्थीलाई छात्रावृति प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम सासंद अग्नि सापकोटाले बाह्रबिसे नगरपालिकालाई आर्थिक शहर बनाउने योजना रहेको बताउँदै शिक्षाको विकासबाट मात्रै समग्र देशको विकास हुने भएकाले आफ्नो पहिलो प्रथामिकता शिक्षा क्षेत्रको विकासको लागि भएको बताउनुभयो।

‘क्षमादेवी माविलगायत क्षेत्र नम्बर १ का सबै विद्यालयहरूको भौतिक एवं शैक्षिक सुधार गर्नुपर्छ, उहाँले भन्नुभयो– ‘त्यसको लागि मेरोतर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार छु।’

त्यस्तै बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले आफूहरू सरकारको नेतृत्वमा गएपछि यस क्षेत्रमा विकासका धेरै कामहरू शुरुआत भएको बताउनुभयो।

‘प्रदेशको राजधानी र नामको विषयमा मन्त्री नेपालले अघिल्लो सरकारले गरेको गलत निर्णयका कारण अहिले समस्या भएको हो, उहाँले भन्नुभयो– ‘जनतालाई प्रदेश राजधानीमा जानुनपर्ने गरी सविधान संशोधन गरेर भएपनि स्थानीय स्तरमा नै अधिकार दिनका लागि आफूहरू लाग्ने छौं।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले नगरभित्रका सामुदायिक विद्यलयको शैक्षिक सुधारका लागि नगरपालिकाले प्राथामिकतामा राखेको बताउनुभयो।

उनले शैक्षिक सुधारका लागि यो वर्ष नगरभित्रका १३ विद्यालयमा मन्टेस्वरी विधिबाट पठनपाठन सुरुवात भएको जानकारी दिनुयो। विद्यलय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज बस्नेतले बाह्रबिसे नगरपालिकभित्र रहेका सामुदायिक विद्यालयमध्ये क्षमादेवी विद्यालयलाई नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदीले भूकम्पमा क्षतीग्रस्त भएको विद्यालय ७ करोड रुपियाँको लागतमा केही महिनाभित्रै भारतीय राजदूतबाट निर्माण सुरुआत गरिने जानकारी दिनुभयो।

समारोहमा विद्यालयलाई सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो भने सहयोगी दाताहरूले विद्यालयका विद्यार्थीलाई छात्रावृति रकम प्रदान गरेका थिए। वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्