हराएको भाइ खोज्न जाँदा मारिए दाइ



हेटौंडा, (नेस)।

मंगलबार राति आक्रमण गरी एक जनाको हत्या गरेको अभियोगमा मकवानपुरका ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती नगरपालिका–२, डोटेका २२ वर्षीय नवीन ठाडा मगर र शेरबहादुर आले मगर, १८ वर्षीय टेकबहादुर ठाडा मगर, ३६ वर्षीय दानबहादुर ठाडा मगर, २६ वर्षीय कृष्णबहादुर ठाडा मगर, २० वर्षीय सूर्यबहादुर ठाडा मगर, २६ वर्षीय विजय ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले बताएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१, कुन्डोमा उनीहरूले ढुंगामुढा र घरेलु हतियार प्रयोग गरी आक्रमण गर्दा सर्लाहीको बागमती नगरपालिका–९ का ५० वर्षीय जीतबहादुर मगरको मृत्यु भएको थियो।

आक्रमणबाट घाइते भएका जीतबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। आफ्नो भाइ हराएपछि खोज्न त्यहाँ पुगेका जीतबहादुरलाई चोर्न आएको आशंकामा स्थानीयले आक्रमण गरेको जनाइएको छ।

उनीहरूलाई कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनास्थल मकवानपुर र रौतहटको सिमानामा पर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्