ट्रम्प विरुद्धको महाभियोग सिनेटमा



वासिङटन (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोगको कारवाही अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा सुरु भएको छ।

अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिव्स‘मा बुधबार मतदान भएको थियो। ट्रम्प विरुद्ध महाअभियोग सिनेटमा पठाउने प्रस्तावको पक्षमा २ सय २८ मत परेको थियो भने १ सय ९३ सांसदले यसको विरोधमा भोट दिएका थिए।

तल्लो सदनका सभामुख नेन्सी पेलोसीले एक प्रेस वार्तामा भारी बहुमतले प्रस्ताव पारित भएको बताए। उनले भने–आज हामी इतिहास रच्न गइरहेका छौं। हामी सत्ताको दुरुपयोग र संसदको काममा बाधा पुर्याएकोमा अमेरिकी राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव सिनेटमा पठाउँदै छौं।

नेन्सी पेलोसीले ७ महाभियोग प्रबन्धकको नियुक्ती पनि गरेकी छन् , जुन डेमोक्र्याटसका तर्फबाट ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउनका लागि बहस गर्नेछ। यो प्रस्ताव विहिबार सिनेटमा पठाइएको र औपचारिक रुपमा त्यसलाई स्विकार गरिएको छ।

अमेरिकाको इतिहासमा ट्रम्प तेस्रो राष्ट्रपति हुन जसको विरुद्ध महाभियोग प्रस्तावलाई स्विकृत गरिएको छ। अमेरिकी संसदको तल्लो सदनमा विपक्षी डेमाक्र्याट सांसदको पकड छ। तल्लो सदनमा गत बर्ष डिसेम्बर १८ मा ट्रम्प विरुद्ध महाभियोको प्रक्रिया शुरु गर्न अनुमति दिएको थियो।

यद्यपि संसदको माथिल्लो सदनमा ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीको सांसदको पकड छ र यसले नै ट्रम्पलाई दोषी ठहर्याउँदै पदबाट हटाउने वा नहटाउने विषयमा तय गरिन्छ।

ट्रम्पमाथि युक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीमाथि सन् २०२० मा डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार जोइ बाइडेन र उनका छोरा विरुद्ध भ्रष्टाचारको जाँचका लागि दबाव दिएको आरोप छ। बाइडेनका छोरा युक्रेनको एक उर्जा कम्पनीमा वरिष्ठ अधिकारी हुन्।

महाभियोग प्रक्रिया अन्तर्गत ट्रम्म्प र युक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीबीच भएको फोन वार्ताको जाँच भएको छ। डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहेको न्यायिक समितिले उनी विरुद्ध औपचारिक आरोप तय गरेको हो।

उक्त फोन वार्तामा राष्ट्रपति ट्रम्पले कथित रुपमा युक्रेनी उर्जा कम्पनी बुरिजमाका लागि काम गरिसकेका जोय बाइडेन र उनका छोरा हन्टर बाइडेन विरुद्ध जाँच गर्नका लागि भनेका थिए।

ट्रम्पले जाँचका लागि दबाव दिने क्रममा युक्रेनले पाउने सैन्य सहयोग समेत रोकेका थिए। न्यायिक समितिका अध्यक्ष डेमोक्र्याटिक नेता जेरी नाडलेरका अनुसार ट्रम्प विरुद्ध दुई प्रमुख आरोप छन्। पहिलो उनलेले सत्ताको दुरुपयोग गरेको र अर्को उनले काममा बाधा पुर्याएको भन्ने छ।

यदि ट्रम्पमाथि लागेको आरोप प्रमाणित हुन्छ भने उनी कठिनाइमा पर्न सक्छ। किनभने अमेरिकी चुनाव जित्न कुनै विदेशी संस्थासँग मद्दत माग्नु गैरकानुनी हुन्छ। ट्रम्पलाई दोषी ठहर्याउन सिनेटमा दुई तिहाई बहुमतको आवश्यक हुनेछ।

सिनेमा रिपब्लिकनको बहुमत रहेकोले यो सहज नहुने अनुमान गरिएको छ।
विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्पको महाअभियोगले सांकेतिक महत्व राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्