ट्याक्टर दुर्घटना १६ जना घाइते



नेपाल समाचारपत्र, बर्दिया।

कोठियाघाट पुलमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो।

गम्भीर घाइते हुनेमा गेरुवा गाँउपालिका–५ का निर्मल चौधरी र गेरुवा–५ कै झरना कुमारी थारु रहेका छन्। गम्भीर घाइते २ जनालाई प्रहरीको टोलीले उद्धार गरी उपचारको लागि नेपालगन्ज पठाएको छ।

अन्य सामान्य घाइतेलाई जिल्ला अस्पताल गुलरिया पठाइएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक मिठु थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वाराबाट गेरुवा आउदै गरेको भे१त ७२०० नम्बरको ट्याक्टर कोठियाघाटको गेरुवा नदी पुलको मोडमा कुइरो लागेका कारण नियन्त्रणबाहिर गई दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्