गाउँपालिकामा कृषि तथा सेवा केन्द्र स्थापना



सल्यान, (नेस)।

दार्मा गाउँपालिकाले कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ। साविकका भल्चौर, ढाकाडाम, दार्माकोट गाविसलाई आधार बनाएर सेवा केन्द्र स्थापना गरिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार किसानको घरदैलोमै सेवा दिने उदेश्यका साथ दार्मा, भल्चौर र ढाका ढाकाडाम सेवा केन्द्र स्थापना गरिएको हो।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले किसानलाई खेती तथा पशुपालन गरी आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो।

उहाँका अनुसार सेवा केन्द्रबाट खेती, प्रविधि तथा पशुपालनसम्बन्धी परामर्श, प्राविधिक सहयोग, बीउबिजन, जैविक विषादी, कृषकका आवश्यकताका आधारमा विभिन्न सेवाहरू, पशु उपचार, औषधी, पशु बन्ध्याकरणलगायतका सेवाहरू प्रदान गरिने छ।

सेवा केन्द्रमा साविक एक गाउँ एक प्राविधिक कार्यक्रमअन्तर्गतका दक्ष प्राविधिक खटाइएको गाउँपालिकाले जनाएको छ। सेवा केन्द्र स्थापनासँगै स्थानीय कृषक हर्षित भएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्