दीर्घरोगी तथा विपन्नलाई सहयोग



नेपल समाचारपत्र, काभ्रे।

पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा २८ जना दीर्घरोग तथा कडारोग लागेका विपन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गरेको छ। २८ मध्ये २७ जनालाई उनीहरूको उपचारको बिल भर्पाईका आधारमा १० हजार रुपियाँको दरले सहयोग गरेको छ भने एक जनालाई ५ हजार रुपियाँ सहयोग गरेको हो।

१० हजार सहयोग पाउनेमा रामशरण शिवभक्ती, अर्जुन मिजार, सीतामाया तामाङ, बुद्धिलाल श्रेष्ठ, सीता राई, मैया दनुवार, गंगाप्रसाद घिमिरे, कविता भारती, गोविन्द रोक्का, यनिका दनुवार, जितकुमार तामाङ, चन्द्रमाया तामाङ, रामकाजी श्रेष्ठ, माधवप्रसाद खरेल, शम्भु विश्वकर्मा, बुद्धिकृष्ण धिमाल, प्रकाश ढकाल, मयुर तामाङ, यमबहादुर ढकाल, इन्द्रबहादुर मगर, गोपीकृष्ण थपलिया, चुनबहादुर सार्की, टीकाकुमारी कुँवर, मनमाया लामा, सविना श्रेष्ठ, सरस्वती अधिकारी र सीतादेवी त्रिपाठी छन् भने ५ हजार पाउनेमा रामशरण खरेल रहनुभएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो।

त्यस्तै पाँचखाल नगरपालिकाभित्र रहेका क्यान्सर रोगी, दीर्घरोगी तथा कडा रोग लागेका विपन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको छ। नगरका प्रमुख सञ्जय तामाङको पहल, पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपाल काठमाडांैले पाँचखाल नगरभित्रका आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगीलाई प्रतिव्यक्ति २५ हजारका दरले ६ जनालाई सहयोग गरेको हो।

रकम पाउनेमा वडा नं २ का रक्त क्यान्सर पीडित अनिता तामाङ, वडा नं ११ का विना खरेल र रक्त क्यान्सर पीडित रत्नमान लामा, वडा नं ८ का घाँटी क्यान्सर पीडित सीताराम थापा र गालाको क्यान्सर भएका उमेश तामाङ र वडा नं १३ का रक्त क्यान्सर पीडित गोविन्द रोक्का छन्।

उहाँहरूलाई पाँचखाल नगरका कार्यबाहक नगरप्रमुख सञ्जय तामाङ र उज्यालो नेपालका सचिव विष्णु ज्ञवालीले रकम हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख तामाङ र उज्यालो नेपालका सचिव ज्ञवालीले असाध्य (क्यान्सर) रोग लागेका विपन्न परिवारका व्यक्तिहरूलाई उपचारमा थप सहयोग पुर्याउने उदेश्यले राहत वितरण गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्