विष्णुलक्ष्मी साहित्यिक पुरस्कार वितरण



दोलखा, (नेस)।

माघेसंक्रान्तिको अवसरमा बुधबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले एक साहित्यकारलाई सम्मान तथा पर्यटन वर्ष २०२० को अवसरमा प्रकाशित प्रदेय पत्रिका सार्वजनिक गरेको छ।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले युवा गीतकार रमेश दाहाललाई १० हजार नगदसहित ‘विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान २०७६’ बाट सम्मानित गरेको हो।

दोलखाको बैतेश्वर–५ मैनापोखरीका दाहालले १ हजारभन्दा बढी गीत लेखिसक्नुभएको छ भने ३ सयभन्दा बढी गीत रेर्कड भएका छन्। पत्रकार चिरञ्जीवी मास्केले आफ्नो जन्म दिने र कर्मदिने आमाको नाममा स्थापना गर्नुभएको ‘विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान’ हरेक वर्ष माघे संक्रान्तिको दिन माघ १ गते वितरण हँुदै आएको छ।

कार्यक्रममा दोलखाका २० पर्यटकीय गन्तव्य समेटिएको पत्रिका प्रदेयको सार्वजनिकसमेत गरिएको छ। भ्रमण वर्ष २०२० को अवसरमा प्रकाशित प्रदेयमा दोलखाको कालिञ्चोक, भीमेश्वर, शैलुङ, जिरीलगायत २० वटा पर्यटकीय गन्तव्यको परिचय, विशेषता, भौतिक, सामाजिक, सांस्कृतिक अवस्था आदि समेटिएको छ। पुरस्कार वितरण तथा प्रदेय सार्वजनिक जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्