१८ फरार प्रतिवादी पक्राउ



मोरङ, (नेस) ।

इलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। विभिन्न समयमा अदालत मुद्दा परी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा पठाएको हो।

जिल्ला अदालत मोरङबाट बहुविवाह, सवारी ज्यान, चोरी, लागूऔषध तथाजबरजस्ती करणी मुद्दामा कैद तथा जरीवाना फैसला भई हालसम्म पनि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको हो।

पुस महिनामा मात्र इलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भइ कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार प्रतिवादीलाई पक्राउ गरी बुझाइसकेको छ।

फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली नै खटाइ पक्राउ अभियान सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्