शिक्षक मृत फेला



बाजुरा, (नेस)।

खप्तड छेडेदह–३ बुडाबाब्लामा एक शिक्षक आफ्नै कोठामा मृत फेला परेका छन्। सिराह औराही–३ घर भएका अन्दाजी वर्ष ५५ का रामदयाल यादव सोमबार मृत फेला परेका हुन्।

मृतक शिक्षक यादव पुडाबाब्लाका परे बुढाको घरमा डेरा गरी बस्दै आएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंकप्रसाद भट्टराईले बताउनुुभयो।

हिजो विहान छाति दुःख्यो भनेर विद्यालयबाट निस्केका शिक्षक यादव साँझ अबेरसम्म कोठाबाट ननिस्केपछि घरवेटीले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी र स्थानीय मेडिकलबाट स्वास्थ्य कर्मी बोलाई चेकजाँच गर्दा मृत अवस्थामा भेटिएको बाजुरा प्रहरी प्रमुख भट्टराईले बताउनुभयो।

शिक्षक यादव छेडेदह गाउँपालिकको भवानी माध्यामिक विद्यालयमा कार्यरत थिए। घटनास्थल डोगडी प्रहरी चौकीबाट ३ घण्टा पैदल दुरी पर्छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी ल्याइने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्