एनसेलका प्रिपेड ग्राहकलाई मेरो प्लान



काठमाडौं, (नेस)।

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।

यो आकर्षक योजना मंगलबारदेखि लागू हुनेछ। यसअन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरू २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ। २ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र ९५ दशमलव ७७ रुपियाँमा २ जीबी डेटा भोलुमको मजा लिन सक्नेछन्।

यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्कभित्र करसहित मात्र १ दशमलव २८ रुपियाँ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन्।त्यसैगरी ६ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र १९१ दशमलव ५४ रुपियाँमा ६ जीबी (४ जिबी प्लस २ जिबी भिडियो डेटा) को मजा लिन सक्नेछन्।

प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवाजस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन्।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरू तुरुन्त सुचारु गर्न सक्नेछन्।

साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिनदेखि ७ दिनको रहने छ। ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन्। यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नवीकरण हुनेछ।

प्लान नवीकरण हुनको लागि मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ। मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ दशमलव ५४ रुपियाँमा प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्