बुद्धचित्तका १७७० मालासहित पक्राउ


हेटौंडा, (नेस) ।

मकवानपुर प्रहरीले बुद्धचित्त र रुद्राक्षसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गाविस वडा–२ बस्ने ४२ वर्षीय जगत् लामा तामाङ र सोही गाविस–६ बस्ने ४२ वर्षीय सूर्यमान तामाङ छन्।

उनीहरूलाई मनहरी गाउँपालिका–७, मनहरी बजारस्थित पूर्वपश्चिम सडक खण्डमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बर भारतीय कार चेक गर्दा कारभित्र बोरा र झोलामा लुकाइछिपाइ ल्याइएको बुद्धचित्त माला १ हजार ७ सय ७० थान र रुद्राक्षको माला १ सय ४४ थान फेला परेको हो।

उनीहरूलाई आइतबार दिउँसो करिब पौने १ बजे पक्राउ गरिएको थियो। गाडी, बुद्धचित्त माला र रुद्राक्षसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।