सुदूरका सेताम्मे डाँडापाखले तान्दै पर्यटक



विमल विष्ट, डोटी।

डोटीसहित सुदूरका अन्य पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले अहिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका छन्। कुनै बेला सुख्खा देखिने यहाँका डाँडाकाँडा पछिल्लो समय हिमपात परेसँगै सेताम्मे भएका छन्। तिनै सेताम्मे डाँडा हेर्नका लागि यहाँ दैनिक पर्यटकहरू भित्रिन थालेका छन्।

हिमपात भएका डाँडाकाँडा अवलोकन गर्नका लागि दिनहुँ सायौं पर्यटक आउन थालेका स्थानीयको भनाइ छ। जिल्लाको भिग्राना, खप्तडक नजिकका डाँडापाखालगायत भीमदत्त राजमार्गको साहुँखर्क, गैरा, हगुल्टेलगायतका ठाउँमा दैनिक सयौं भारतीय तथा आन्तरिक पर्यटक आएर अवलोकन गर्ने तथा हिउँमा रमाइलो गर्न थालेको स्थानीयवासी बताउछन्।

हिमपातसँगै डोटी सुदूरका अन्य हिमाली तथा पहाडी जिल्लाका डाँडाकाँडा मनमोहक भएपछि पर्यटकको आर्कषणको केन्द्र बन्न थालेको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो। ‘पर्यटक भित्र्याउनमा हिमपातले ठूलो मद्दत गरेको छ, उहाँले भन्नुभयो– ‘हिउँ हेर्न र रमाइलो गर्नकै लागि सयौं पर्यटक आउन थालेका छन्।’

त्यस्तै जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू पनि नेपाल भ्रमण वर्ष २०२० मनाउन आउने पर्यटकको पर्खाइमा छन्। भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत तथा सत्कारका लागि यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय तहहरू बाटो कुरेर बसेका छन्। भ्रमण वर्ष २०२० का लागि डोटी जिल्लाका विभिन्न स्थलहरूलाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड, ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको डोटीको जिल्ला सदरमुकाम सिलगढी स्थित शैलेश्वरी मन्दिर, दीपायलमा रहेको डोटेलीराजको दरबार, बडीकेदार गाउँपालिकामा रहेको बडीकेदार मन्दिर, निरौली दरबार तथा छतिवनमा रहेको छतिवन ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएको जिल्ला समन्वय समिति डोटीले जनाएको छ।

आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सक्ने महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जानकारी दिनुभयो।भ्रमण वर्ष २०२० भित्र करिब चार लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो।

‘भ्रमण वर्षमा हामीले ठूलो संङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गराउने योजना बनाएका छौंैंैंैंैंैंैं, उहाँले भन्नुभयो–‘पर्यटक भित्र्याउने विभिन्न गतिविधिलाई अघि बढाएका छौंैंैंैंैंैंै।’ पर्यटकीय गन्तव्यस्थलका रूपमा सूचीकृत पर्यटकीयस्थलमा अहिले दैनिक सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारी साधन तथा अन्य आवश्यक सेवा सुविधाहरूको व्यवस्थासमेत गर्न थालिएको जिल्ला समन्वय समितिका संयोजक ऐरको भनाइ छ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन डोटीका प्रमुख पर्यटकीय क्षेत्रहरूको देश र विदेशमा चिनाउने गरी प्रचारप्रसारलाई तीव्रता सुदूरपश्चिम गाउँपालिका महासंघका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो।

‘हामो ठाउँमा पर्यटक भित्र्याउन सक्ने पर्यटकीय क्षेत्रहरू व्यापक रहेकाले त्यसको प्रचारप्रसारसँगै पर्यटकहरूलाई आकर्षित गर्ने योजनाहरूसमेत बनाएको छौंैंैंैंैंैंै, उहाँले भन्नुभयो– ‘आसा छ पर्यटक पनि सोचेअनुसार आउने छन्।’

भ्रमण वर्षमा दीपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानदेखि दीपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा (र्याप्mटिङ) को आयोजन गर्ने भएको छ। भ्रमण वर्षमा आएका पहुनालाई जलयात्रा गर्न सजिलो होस् भन्ने उदेश्यले उक्त जलयात्राको शुरुआत गरेको होटल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्र शाहीले जानकारी दिनुभयो।

‘भ्रमण वर्ष मनाउन आउने पाहुनालाई सुविधा दिन हामी कुनै कसर बाँकी राख्ने छैनौं,’ उहाँले भन्नुभयो– ‘सुविधाका लागि सम्पूर्ण तयारी गरेका छौंैंैंैंैंैंै।’प्रदेश सरकारले भ्रमण वर्ष लक्षित कुनै ठोस कार्यक्रम तय नगरे पनि निजी क्षेत्रका व्यावसायी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो।

‘सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौंैंैंैंैंैंै भनेर सबै लाग्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो– ‘हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौंैंैंैंैंैंै।’

 

प्रतिक्रिया दिनुहोस्