हिमपातका कारण जनजीवन कष्टकर



डोटी, (नेस)।

मंगलबार देखिको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरी हिमपात भएको छ। हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि कष्टकर बनेको हो।

वर्षा तथा हिमपातका कारण हिउँदे अन्न बालीमा प्रयाप्त पानी पुग्ने भएपछि यस क्षेत्रका किसान भने खुसी भएका छन्। हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ।

उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरूमा वर्षा भइरहेको डोटी उद्योग बाणिज्य संघका महासचिब दीपकबहादुर खड्काले जानकारी दिनुभयो।

वर्षा र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ। चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने शैलेश्वरी अस्पताल दिपायलका डा.आइजंङ्ग कुँवरले सुझाब दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्