जिप दुर्घटनामा १२ घाइते



रुकुम पश्चिम, (नेस) ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ गइरहेको ग१ज ५२०१ नम्बरको जिप आठबीसकोट नगरपालिका–६ मन्कामगरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। डोल्पाको मुड्केचुला गाउँपालिका–७ का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका–५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाय गम्भीर घाइते भएका छन्।

जिपमा १३ जना यात्रु रहेको प्रहरीले जनाएको छ। मनका बगरमा ब्रेक फेल भई दुर्घटना हुँदा जिप सडकभन्दा ७० मिटर तल रहेको ठूलीभेरी नदीको किनारमा परेको थियो।

घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताउनुभयो। गाडी चालक तिलक बिक भने फरार रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्