नेपाल बंगलादेश बैंकद्वारा विद्यार्थीलाई प्रशिक्षण



फिदिम–४ पाँचथरस्थित गढी माध्यमिक विद्यालयमा नेपाल बंगलादेश बैंकले दृष्टिविहिन विद्यार्थीहरूलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ताको प्रशिक्षण दिएको छ।

मैत्री समाज नेपालको सहायतामा सो विद्यालयका ३० दृष्टिविहिन विद्यार्थीहरूलाई प्रशिक्षण दिएको हो। कुल १७ छात्र तथा १३ छात्राहरू भाग लिएका थिए।

यस प्रशिक्षणमा विद्यार्थीहरूलाई सामान्य मार्गनिर्देशन, दिशा परिवर्तन, सागुरो ठाउँमा हिडडुल, भर्याङ, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिडडुल गर्ने तरिका, सिकाइ सेतो छडी लिएर हिड्ने तथा सो छडीका भागहरू बारे पर्चा वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्