‘उत्पादनका साधनहरूमाथि सबैको पहुँच समान हुनुपर्छ’



काठमाडौं, (नेस)।

अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरूमाथि सबैको पहुँच समान हुनुपर्ने बताउनुभएको छ।

मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति तथा जनसंख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चले संयुक्त आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उत्पादनका साधनहरूमाथि सबैको पहुँच समान हुनुपर्ने बताउनुभएको हो।

कार्यक्रममा बोल्दै उहाँले भूमि, पुँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको स्पस्ट पार्नुभएको हो।

उहाँले संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेशीकरणमा सरकारले ध्यान दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्