भारी हिमपातका कारण जनजीवन कष्टकर



नेपाल समाचारपत्र, बाजुरा।

एक सातादेखिको निरन्तर हिमपातले शुदूरपश्चिम तथा कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। गत बिहीबारदेखिको हिमपात नरोकिएपछि अत्याधिक चिसोले दैनिक जीवन कष्टकर भएको हो।

लगातारको चिसोले हिमाली भेगका गाँउमा बस्न नसकिने अवस्था भएपछि केही बस्ती बेसीतिर झरेको हिमालीगाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो।

उच्च भागमा अत्याधिक चिसो बढेसँगै गाइवस्तु र स–परिवार बेसी तिर सरेका छन्। चिसो बढेपछि हुम्लाका धेरै विद्यालय हिउँदे बिदा गरेको धनपति रोकायाले बताउनुभयो।

विद्यालय बन्द भएपनि दैनिक कामकाजमा निकै समस्या भएको रोकायाले बताउनुभयो।बाजुराका ९ वटै स्थानीय तहको जनजीवन प्रभावित भएको छ। गौमुल, स्वामिकात्तिक, पाण्डगुफा गाँउपालिका र बुढीनन्दा नगरपालिका उच्च क्षेत्रका बासिन्दा कोल्टि मार्तडीमा बसाइ सरेका छन्।

चिसोले निकै कष्टकर भएपछि गाँउमा बस्न सक्ने अवस्था नभएपछि गाँउका सबै बेसीमा सरेको हिमाली गाँउपालिका–३ का स्थानीय ध्यानबहादुर रोकायाले वताउनुभयो।माथिल्लो भागमा हिमपात बढेको तल्लो भेगमा निरन्तर पानी परेकोले जिल्लाभरका विद्यालयको पढनपाठन प्रभावित भएको छ।

जिल्लाका सबै विद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले बताउनुभयो। हिमाली गाँउपालिका १, २ र ३ बिच्छँया सबै विद्यालय बन्द रहेको हिमाली गाँउपालिकाले जनाएको छ।

विगतका वर्षमा केही बासिन्दा मात्र बेसी झर्ने भए पनि यो वर्ष भने धेरै चिसो बढेपछि अधिकांश बासिन्दा औल झरेको बताइएको छ। डोटी, डढेल्धुरा, अछाम, बझाङ, दार्चुलाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभावित भएको छ।

अछाममा पनि अत्यधिक चिसो बढेपछि सेवाग्राही निकै घटेको नेपाल खाद्य कम्पनी लि अछामका निमित्त कार्यालय प्रमुख हिरामणि जोशीले बताउनुभयो। बझाङ पनि चिसोले जनजिवन प्रभावित बनेको स्थानीयले बताएका छन्।

चिसो बढेपछि जिल्लामा विद्यालयसमेत प्रभावित भएका छन्। लगातार चिसो बढेपछि बाजुराका धेरै विद्यालयको पढाई प्रभावित भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्