मनकारी वडाध्यक्ष



हेटौंडा, (नेस)।

हेटौंडा–५ का वडाध्यक्ष मनकारी देखिनुभएको छ। समुदायमा रहेकालाई बेलाबेलामा व्यक्तिगत रकम खर्चेर सहयोग गर्दै आउनुभएका अध्यक्ष राजेश बानियाँले फेरि व्यक्तिगत खर्चमै २ सय विद्यार्थीलाई स्विटर प्रदान गर्नुभएको हो।

हेटांैडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई उहाँले बुधबार स्विटर वितरण गर्नुभयो। चिसोबाट बच्न स–साना विद्यार्थीलाई स्विटर वितरण गरिएको वडाध्यक्ष बानियाँले बताउनुभयो।

आफूले निर्वाचनका बेला सामाजिक सेवा गर्ने भनेर चुनाबी सभामा बोलेअनुसार आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो। चुनावी सभामा आफूले गरेका प्रतिबद्धता पूरा गरिरहेको भन्दै उहाँले गरिब, असहाय र पिछडिएका जातजातिलगायतलाई सहयोगका कार्यक्रम अगाडि बढाउने बताउनुभयो।

स्विटर वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहरि मैनालीले खुसी व्यक्त गर्दै सहयोगी र मनकारी वडाध्यक्ष बानियाँप्रति आभार व्यक्त गर्नुभयो। उहाँले धनमात्र भएर होइन, सामाजिक काम गर्न मन चाहिन्छ भन्ने भावना राख्दै त्यस्ता मन भएका व्यक्ति वडाध्यक्ष बानियाँ रहेको औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्