रुपन्देही व्यापार संघको कार्यशाला गोष्टी सम्पन्न



नेपाल समाचारपत्र, बुटवल।

रुपन्देही व्यापार संघको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठि ९ वुंदे घले गाउँ घोषणापत्र जारी गर्दै पर्यटकीय स्थल लम्जुङको घले गाउँमा सम्पन्न भएको छ।

संघको आगामी २ वर्षे रणनीतिक कार्ययोजना बनाउन पुगेको संघको कार्य समितिको टोलीले पुष १९ देखि २१ गतेसम्म घले गाउँमा आयोजना गरेको गोष्ठिबाट जारी गरेको ९ वुदे घले गाउँ घोषणापत्रमा आर्थिक विकासमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हुदाँ सो वर्गलाई संगठित गरि उनीहरूको व्यवसायीक सीप विकास र व्यवसायीक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाउन प्रतिवद्धता व्यक्त गरिएको छ।

यसैगरि व्यवसाय विस्तार तथा पेशागत सुरक्षा र व्यवसाय प्रर्वद्धनका लागि संघले दरिलो पैरवी गर्दै सामाजिक उत्तरदायीत्व वहन गर्नै लक्ष्यलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाइएको छ। संघलाई सबै व्यवसायीको साझा र सशक्त संस्थाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय नेटवर्क विस्तारमा लाग्ने बताइएको छ।

गोष्ठिले रुपन्देही र यसका आसपासका क्षेत्र पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्र रहेको हुदा त्यसको पहिचान गर्दै विकास तथा अर्थतन्त्रको पकेट क्षेत्रको रुपमा योजनाबद्ध कार्यक्रम बनाएर अगाडी बढाउन आग्रह गरेको छ।त्यसका लागि व्यापार संघ केन्द्र, प्रदेश र स्थानीय सरकारसँग सहकार्य एव साझेदारी गर्न प्रतिवद्धता व्यक्त गरिएको छ।

संघले ५ नं. प्रदेशको अस्थायी राजधानीका रुपमा रहेको रुपन्देही(बुटवल)लाई स्थायी राजधानी तोक्न जोडदार माग गर्दै नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यसहित आफ्नो कार्यशाला गोष्ठि कार्यक्रम पर्यटकीय स्थल घले गाउँमा राखेको र गोष्ठि सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरि घलेगाउ घोषणापत्र जारी गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्