२४ वर्षपछि धकधईमा एक्सरे सेवा



????????????????????????????????????

नेपाल समाचारपत्र, बुटवल।

स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि एक्सरे मेसिन सेवा शुरु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो।

३ वर्षअघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्सरे मेसिन आइतबार उद्घाटन गरी एकै साथ सञ्चालनमा ल्याएको छ। स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख सनोजकुमार यादवले बताउनुभयो।

सेवा सञ्चालन शुरु भएसँगै रोहिणी र ओमसतियाका बिरामीहरू भैरहवा र बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। ‘एक्सरे मेसिन नहुँदा दैनिक दर्जन बढी बिरामी यस क्षेत्रबाट बाहिरिँदै गएका थिए। जसलाई मध्यनजर गर्दै सेवा शुरु गरेका छौं –अध्यक्ष यादवले भन्नुभयो।

मेसिनको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्वराज्य मन्त्री अब्दुल रज्जाकले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै उहाँले स्वास्थ्य जस्तो संवेदनशील ठाँउमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्तपर रहने बताउनुभयो।

रेडियोलोजिस्टको व्यवस्थापनका लागि गाँउपालिकालाई आग्रह गर्दे उहाँले ओमसतिया र रोहिणी गाउँपालिकाको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो।अहिले प्रत्येक गाँउपालिकामा १५ शैयासहितको स्वास्थ्य संस्था हुनुपर्ने नेपालको नीति रहेको यस धकधईमा रहेको स्वास्थ्य केन्द्रको विस्तार गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो।

एकसरे सेवा सुचारु गर्नु भन्दा पनि यसको निरन्तरतानै ठूलो रहेको दक्ष जनशक्तिसहित सेवाग्राहीलाई सही उचित सेवा दिन सरेकारवालाले ध्यान दिन आग्रह गर्नुभयो।हामीसँग उपलब्ध जनशक्तिबाटै एक जनालाई तालिम दिई सेवा शुरु गरेका छांै।

उद्घाटनको अवसरमा २ दिन निःशुल्क जाँच राखेका छांै। सधै रेडियोलोजिस्ट नभए पनि हाललाई साताको एक दिन भए पनि रेडियोलोजिस्ट हायर गरेर सेवा प्रदान गर्छौँ स्वास्थ्य केन्द्रका अध्यक्ष वीरबहादुर क्षेत्रीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्