सरकारी क्वाटर्रमै पुगेर गरे आक्रमण



नेपाल समाचारपत्र, लहान।

डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साह लगायत तीन कर्मचारीलाई ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले ६ लाख जरिवाना काटिए पछि गुण्डा लगाएर कुटपिट गरेको खुलासा भएको छ। वल्ड वाईड राम सागर जे.भि.का राम पौडेल लगायत १५/२० जनाको समूहले पौष १८ गते डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साह, ईन्जिनीयर नविनकुमार साह र सब ई.बिरेन्द्रकुमार साहलाई क्र्वाटरमा जबरजस्ती पैसा थमाउँदै कुटपिट गरेको हो।

घटनाका प्रत्यक्षदर्शी ई.नबिनकुमार साहकी पत्नी सन्नु साहले पति ई.नविनकुमार साह लगायत कार्यालयका निमित्त प्रमुख बिनोदकुमार साह र सब ई. बिरेन्द्रकुमार साहलाई वल्ड वाईड राम सागर जे. भि.का प्रतिनिधि राम पौडेल लगायत १५/२० जनाका समूहले गुण्डा शैलिमा आई कुटपिट गरेको बताउनुभयो।

‘ठेकेदार पौडेल पक्षका गुण्डाले कार्यालयका क्वार्टरमा रहेका ई.नबिनकुमार साह र बिरेन्द्रकुमार साहलाई झोलामा ल्याईएको रकम हातमा थमाउदा नमाने पछि निर्घात कुटपिट गरी क्वार्टरमा रहेको फर्निचर तोडफोड सहित महिला तथा बालबालिकालाई कुटपिट गरेको छ, उहाँले भन्नुभयो–‘रकम नसमाते पछि सो रकम क्वार्टरमै फालेर गुण्डाहरू भागेका थिए।’

त्यस लगतै कार्यालय प्रमुखको क्वार्टरमा गएर गुण्डाले हातपात गर्दै त्यहाँ पनि पैसा समात्न लगाउदा कार्यालय प्रमुख साहले पैसा समात्न अस्वीकार गरेपछि त्यहाँ पनि फालेर गुण्डाहरू भागेका थिए। यस लगतै प्रहरी सहित अख्तियारका टोली आएर बिना मुचुल्काकै ईलाका प्रहरी कार्यालय लहान लगेको सन्नु साहले बताउनुभयो।

ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले कार्यालयले सो को वापत जरीवाना ६ लाख काटिएको हँुदा रिसिबिले गुण्डा प्रयोग गरी सुनियोजित ढंगले फसाएको जारी विज्ञप्तीमा उल्लेख छ। यसरी गुण्डागर्दी ढंगले कुटपीट गर्ने ठेकेदार सहितका गुण्डाहरूलाई कार्बाहीको माग गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सरोकारवाला निकायसँग नागरिक समाजले लहानमा गरिएको कोणमा माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्