सवारी दुर्घटनामा दुईको मृत्यु



भद्रपुर, (नेस)।

भारतीय मालवाहक ट्रकले टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ। गए राती दमक ९ क्याम्पस मोडमा पूर्वबाट पश्चिम जादै गरेको मे१ह४९१९ नम्बरको टेम्पोलाई विपरित दिशाबाट आउँदै गरेको विआर १ जिएस नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा टेम्पो चालक दमक ९ का ३५ वर्षीय हरि बहादुर भुजेल सोही वाडाका टेम्पोमा सवार २४ वर्षीय सुरज शाहको ज्यान हो।

घटनामा ३ जना पैदल यात्री सामान्य समेत घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। टेम्पो र ट्रक सहित चालक भारत निवासी विशाल कुमारलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर होमप्रसाद अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्